हेमजा आलु महोत्सवमा आलुको पहाडसँगै सेल्फी
पाेखरा | बैशाख ३, २०८१
पोखरा: १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ ।
कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ ।
यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।
चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ ।
तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएका छन् ।सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो शुक्रवार पहाडसँगै तस्विर कैद गर्दै गरेका पोखरा २१ का सुरेन्द्र पोख्रेलले बताए।
आइतवारसम्म ४८ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा २ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म २७ लाख बढीको आलु कारोवार भएको पनि बताए।
महोत्सव अन्तर्गत आइतवार हेमजा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो लोकार्षण गरिनुका साथै कलाकारहरु प्रजापती पराजुली, राजु परियार, सरला पाण्डे, कुमार पुन, राजन कार्की, मञ्जु विक र निश्चल थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै सोमवार प्रकाश दुतराज, पुरुणोत्तम न्यौपाने, पूर्णकला विसी, प्रिन्स लम्साल, वसन्ती थापाका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।
भित्तेपात्रो लोकार्षण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिम्सिनाले आलु महोत्सव समग्र पोखरेलीको चाड भएको उल्लेख गर्दै यसलाई सुधार्दै लैजानुपर्ने बताए ।उनले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशम्सा समेत गरे ।
त्यस्तै महोत्सवमा भजन प्रतियोगिता पनि जारी छ ।भजनतर्फ आइतवार माछापुच्छे« सेवा समाजले प्रस्तुति राख्यो ।
महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव साढे २ करोडको कारोवार भएको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

